बालेन हर्क र गाेपालले गरे राष्ट्रिय सभा मतदान बहिस्कार

तीन स्वतन्त्र मेयरले राष्ट्रिय सभा मतदान बहिस्कार गरेका छन् । स्थानीय निर्वाचनमा स्वतन्त्र रूपमा निर्वाचित तीन मेयरले राष्ट्रिय सभा निर्वाचनको मतदान बहिस्कार गरेका हुन् । 

यसरी मतदान बहिस्कार गर्नेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’, धरान उपमहानगरपालिका मेयर हर्कराज राई ‘साम्पाङ’ र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल ‘गोपी’ छन् । 

बालेनको मतदान केन्द्र बागमती प्रदेशको हेटौँडा, हर्कको मतदान केन्द्र कोशी प्रदेशको विराटनगर र गोपालको मतदान केन्द्र सुदूरपश्चिमको धनगढीमा थियो ।  मतदानका लागि बिहीबार बिहान ९ देखि ३ बजेसम्मकाे समय तोकिएको थियाे । 

तीनैजना सम्बन्धित प्रदेशको मतदान केन्द्रमा उपस्थित भएनन् । तीनैजना मेयरले कार्यव्यवस्ता देखाउँदै मतदान बहिस्कार गरेका हुन् ।





  • प्रकाशित मिति : माघ ११, २०८० बिहीबार १५:४१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया