logo-img

प्रधानमन्त्री कप क्रिकेट : एपिएफसँग लुम्बिनी पराजित

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा एपिएफ क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । एपिएफ क्लबले लुम्बिनीलाई सात विकेटले हराएको हो । 

रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले ४१ ओभर सवै विकेट गुमाएर एक सय ३३ रन बनाएको थियो । उसका लागि दिलशाद अलीले अविजित ३९ रन बनाए । यस्तै, मृणाल गुरुङले ३४ तथा विराट भण्डारीले २३ रन बनाए । बलिङतर्फ एपिएफका रमेश कुर्मीले पाँच, भुवन कार्कीले तीन तथा रोहितकुमार पौडेल र मौसम ढकालले एक-एक विकेट लिए । 

एक सय ३४ रनको विजयी लक्ष्य एपिएफ क्लबले २२ दशमलव तीन ओभरमा तीन विकेटको क्षतिमा प्राप्त गर्यो । एपिएफ क्लबका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेले । उनले ५२ रन बनाए । यस्तै, पुरन विकले अविजित ३३ तथा लोकेश बमले १६ रन बनाए । 



बलिङतर्फ लुम्बिनीका मोहम्मद हुसेन, कृष्ण कार्की र इकलाख अहमद खाँले एक-एक विकेट लिए । रमेश कुर्मी खेलको म्यान अफ दी प्लेयर घोषित भए । समापन कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले राष्ट्रिय प्रतियोगिता काठमाडौं बाहिर गर्न क्यान प्रतिबद्ध रहेको बताए । भविष्यमा देशका अन्य सहरमा पनि प्रतियोगिता आयोजना गर्दै जाने उनले बताए ।





  • प्रकाशित मिति : माघ ११, २०८० बिहीबार १६:५८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया