त्रिभुवन विमानस्थलमा प्रहरीद्वारा अध्यागमनका कर्मचारीमाथि हातपात
फाइल तस्बिर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरीले अध्यागमनका कर्मचारीमाथि हातपात गरेका छन् । प्रहरीले भन्सार अधिकृत छायालाल मोक्तान र विभाग प्रमुख गोगनबहादुर कमालमाथि शुक्रबार दिउँसो हातपात गरेका हुन् । 

स्रोतका अनुसार ड्युटी सकेर डिपार्चरबाट अराइभल क्षेत्रमा आएका बेला मेटल–फ्रि एरियामा प्रहरीले चेकजाँच गरेको थियो । सोक्रममा विवाद भएपछि अधिकृतमाथि प्रहरीले हातपात गरेका थिए ।  

प्रहरी र मोक्तानबीच केहीबेर भनाभन भएको थियो । त्यसपछि अरू प्रहरी पनि आएर मोक्तानमाथि हातपात गरेका थिए । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी भीम ढकालले चेकिङ गर्नेक्रममा सामान्य विवाद भएको प्रतिक्रिया दिए । उनले त्यस विषयमा थप अनुसन्धान भइरहेको पनि बताए । 





  • प्रकाशित मिति : माघ १२, २०८० शुक्रबार १६:२४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया