logo-img

प्रधानमन्त्री कप : कर्णालीमाथि आर्मीको फराकिलो जित

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा त्रिभुवन आर्मी विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई १६४ रनले पराजित गरेको हो । 

आर्मीको पाँचौं जित हो । कर्णालीको भने यो पाँचौ हार हो । पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ५ विकेट गुमाएर २७९ रन बनाएको थियो ।

आर्मीका कप्तान विनोद भण्डारीले नटआउट १०० रनको शतकीय पारि खेल्दा बसिर अहमदले नटआउट ९८ रन बनाए । यसैगरी भीम सार्कीले २५ रन बनाउँदा कुशल मल्ल २१ रन बनाएर आउट भए ।



कर्णालीका दिपेन्द्र रावतले २ विकेट लिँदा प्रकाश जैसी, दिनेश अधिकारी, दिवान पुनले एक एक विकेट लिए । जवाफमा कर्णाली प्रदेश २९ ओभर खेल्दै ११५ रनमा रोकियो । कर्णालीका लागि हिमांशु शाहीले १९ रन बनाउँदा दिवान पुनले १८ रन जोडे ।

यसैगरी विपिन शाहीले १४ रन बनाउँदा रवीन्द्र शाही, निश्चल रावल र दिपेन्द्र रावतले १२–१२ रनको पारि खेलेका थिए । कर्णालीलाई रोक्ने क्रममा कुशल मल्ल र विवेक यादवले तीन तीन विकेट लिँदा सोमपाल कामीले २ विकेट हात पारे । सहाब आलमले एक विकेट लिए ।

जितसँगै आर्मीले तालिकामा १० अंक बनाएको छ । अहिले तेस्रो स्थानमा रहेको आर्मीले समूह चरणमा अझै २ खेल खेल्न बाँकी रहेकाले फाइनल खेल्ने सम्भावना भने बाँकी छ ।





  • प्रकाशित मिति : माघ १४, २०८० आइतबार १६:०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया