logo-img

दुई वर्षभित्र ‘वाम नेकपा’ सम्भव छ : महासचिव भुसाल

नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले छरिएर रहेका कम्युनिष्ट र समाजवादी पार्टीहरुको एकता आवश्यक भएको बताएका छन् ।
 
सबै समाजवादी र वामपन्थी पार्टीलाई एकताबद्ध गर्ने प्रयास भइरहेको पनि बताए । समाजवादमा विश्वास राख्ने र वामपन्थी दलहरुलाई एकता गराई नेकपा समाजवादी बनाउन सकिने तर्क गरे । उनले त्यसका लागि नेकपा एसले बलियो संकल्पका साथ अघि बढे, दुई वर्षभित्रमा देशले ‘वाम नेकपा’ पाउने बताए । 

आइतबार नेकपा एसको केन्द्रीय परिषद्को दोस्रो बैठकमा बोल्दै महासचिव भुसालले नेकपा एसको सिद्धान्त, नीति र विचारमा स्पष्ट रहेको साथै सच्चा कम्युनिष्ट भएको उल्लेख मात्र गरेनन्, छरिएर रहेका कम्युनिष्ट र समाजवादी पार्टीको एकता हुनुपर्नेमा जोड दिएका हुन् । 

उनले भने, ‘आगामी दिनमा हामी सिद्धान्त र निष्ठापूर्वक एक ठाउँमा उभिन्छौँ र अगाडि बढ्छौँ । सिद्धान्त, राजनीति र परिचालनको लपेटमा देशका अरू समाजवादी वामपन्थीहरूलाई हामी एक ठाउँमा ल्याउँछौँ । डेड–दुई वर्षमा मुलुकलाई एउटा वाम नेकपा दिन्छौँ भन्ने संकल्पका साथ अघि बढ्यौँ भने निसन्देह हामीले त्यो पूरा गर्न सक्छौँ ।’

भुसालले पार्टीको विधान देश र जनता भन्दा माथि हुनुपर्नेमा जोड दिए । साथै उनले पार्टीलाई एकताबद्ध गर्नलाई आन्तरिक जनवाद आवश्यक हुने र त्यसका लागि समय सापेक्ष प्रविधिको प्रयोग गर्दै आन्तरिक जनवादलाई वृद्धि गरी लोकतान्त्रिक हुनुपर्ने उल्लेख गरे । 





  • प्रकाशित मिति : माघ १४, २०८० आइतबार १६:२७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया