logo-img

प्रधानमन्त्री कप : लुम्बिनीमाथि मधेस प्रदेशको जित

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा मधेस प्रदेशले पाँचौँ जित निकालेको छ । आइतबार मूलपानी मैदानमा भएको खेलमा मधेसले लुम्बिनी प्रदेशमाथि ९ रनको जित निकालेको हो । 

पहिला ब्याटिङ गरेको मधेसले ४१.३ ओभरमा सबै विकेट गुमाएर १६९ रन मात्रै बनायो । मधेसका लागि अरनिको यादवले सर्वाधिक ३८ रन बनाउँदा पवन शर्राफ र अभिषेक तिवारीले २६–२६ रन बनाए । यस्तै मयन यादवले २२ रन बनाउँदा अनिल साहले १६ रनको पारि खेले ।

लुम्बिनीका वीर मगरले सर्वाधिक ४ विकेट लिँदा अभिषेक गौतमले तीन विकेट हात पारे । यस्तै कृष्ण कार्की, मोहमद हुसेन निर्मल गुरुङले एक एक विकेट लिए । १७० रनको लक्ष्यसहित मैदान उत्रिएको लुम्बिनीको सुरुआत राम्रो भएन । 



पहिलो विकेटको रुपमा ओपनर विराट भण्डारी १ रन बनाएर आउट भएका थिए । त्यसपछि कप्तान सुशान्त थापाले पनि ६ रनको मात्रै योगदान गरे । मृनल गुरुङ तेस्रो विकेटको रुपमा आउट हुँदा व्यक्तिगत २१ रन बनाएका थिए । चौथो विकेट ४४ रन हुँदा गुमाएको थियो । मोहम्मद हुसेन २ रन बनाएर आउट भएका थिए । 

प्रज्वल थापाले पारि सम्हाले पनि लगातार विकेट पतन हुँदा लुम्बिनी हार भोग्न बाध्य बन्यो । प्रज्वलले ६२ रनको अर्धशतकीय पारि खेलेर आठौं विकेटको रुपमा आउट हुँदा लुम्बिनीले १४२ रन बनाएको थियो । लुम्बिनीका अभिषेक गौतम २६ रन बनाएर आउट हुँदा लुम्बिनीको आशा समाप्त भएको थियो । 

दिलसन अलीले २२ रन बनाएका थिए । मधेस प्रदेशका प्रदीप पासवानले ६ विकेट लिँदा अभिषेक तिवारीले २ विकेट हात पारे । रुपेश सिंह र हरि शंकर साहले एक एक विकेट लिए । 





  • प्रकाशित मिति : माघ १४, २०८० आइतबार १७:१३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया