प्रधानमन्त्री कपमा आज सुदूरपश्चिम र आर्मी तथा गण्डकी र पुलिस भिड्ने
त्रिभुवन आर्मी क्लब, तस्बिर : क्यान

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुने भएका छन् । सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ ।    

अर्को खेलमा काठकाडौंको मूलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्नेछन् । १० टोली सम्मिलित प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम प्रदेश अंक तालिकाको पाँचौँ स्थानमा छ ।  

सुदूरपश्चिम हालसम्म खेलेका ६ खेलमध्ये चारमा विजयी हुँदै आठ अंक जोडेको छ । यस्तै आर्मी क्लब अंक तालिकाको चौथो स्थानमा छ । आर्मीले हालसम्म सात खेलमा पाँचमा जित हासिल गर्दै १० अंक जोडेको छ ।   

यसैगरी गण्डकी प्रदेश अंक तालिकाको आठौँ स्थानमा छ । गण्डकीले सात खेलमा दुईमा विजयी हुँदै चार अंक बनाएको छ । यस्तै, नेपाल पुलिस क्लब हालसम्म खेलेका ६ खेलमै जित हासिल गर्दै १२ अंकका साथ शीर्ष स्थानमा छ । आज हुने दुवै खेल बिहान ९ः१५ बजेदेखि सुरु हुनेछन् ।  





  • प्रकाशित मिति : माघ १५, २०८० साेमबार ७:१७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया