logo-img

ट्रकले ठक्करबाट २६ वर्षीय युवकको मृत्यु
प्रतीकात्मक तस्वीर

तनहुँमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

ट्रकको ठक्करबाट घाइते भएपछि चितवन मेडिकल कलेज पुर्‍याएका मोटरसाइकल चालक आबुखैरेनी गाउँपालिका–३ का २६ वर्षीय सफल रानामगरको मृत्यु भएको हो ।

रानामगर आइतरात राति करिब ९ बजे आँबुखैरेनी गाउँपालिका–२ ढापटारस्थित पृथ्वीराजमार्ग सडक खण्डमा आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै थिए ।

त्यसक्रममा ग १ क ५०१२ नम्बरको मिनी ट्रकसँग मगर चढेको प्र.३ ०२–००९ प ८५३० नम्बरको मोटरसाईकलले ठक्कर खाएको तनहुँका डिएसपी मोहनबहादुर खाणले जानकारी दिए । 

डिएसपी खाणका अनुसार घाइते भएपछि उपचारका लागि अस्पताल पुर्याइएका रानामगरलाई अस्पतालले मृत घोषणा गरेको थियो । ट्रकका चालकलाई नियन्त्रणमा लिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : माघ १५, २०८० साेमबार १०:२३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया