रुकुम पश्चिममा विवाद मिलाउन गएका प्रहरी नै कुटिए, दुईजना घाइते

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा स्थानीय युवाको विवाद मिलाउन गएका प्रहरी जवानमाथि नै आक्रमण भएको छ । आक्रमणमा परेर दुईजना प्रहरी जवान घाइते भएका छन् ।

स्थानीय युवाको आक्रमण परेर इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान महेन्द्रबहादुर शाही र हिमराज खड्का घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धर्मेन्द्र खड्काका अनुसार आइतबार साँझ बाँफिकोट गाउँपालिका–३ स्यार्पु ताल नजिकै स्थानीयबीच भएको विवाद भएको थियो । 

त्यही विवादबारे बुझ्न प्रहरी पुगेको थियो । विवादमा आक्रोशित स्थानीयले उल्टै प्रहरीमाथि आक्रमण गरेका थिए । कसले कसरी आक्रमण गरेको भन्नेबारे खुलेको छैन ।

घाइतेलाई उपचारका लागि राति नै जिल्ला अस्पताल ल्याइएको र त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ । 
 





  • प्रकाशित मिति : माघ १५, २०८० साेमबार १०:३०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया