इराकविरुद्ध पुनरागमन जित निकाल्दै जोर्डन एसियन कपकाे क्वाटरफाइनलमा

जोर्डन एएफसी एसियन कप फुटबलमा क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारमा जारी प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा दोस्रो हाफको अतिरिक्त समयमा २ गोल गरेपछि जोर्डन ३–२ को जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गर्न सफल भयो ।

पहिलो हाफको अतिरिक्त समयमा जोर्डनले गोल गर्दै अग्रता लिएको थियो । जोर्डनका यजान अब्दुल्लाह नल नेमातले गोल गर्दै अग्रता दिलाएका थिए ।

६८ औँ मिनेटमा साउद नाटेकले गोल गर्दै इराकलाई खेलमा फर्काएका थिए । ७६ औँ मिनेटमा आयमेन हुसेनले गोल गरेपछि इराक २–१ ले अघि बढेको थियो । तर, गोल पछिको सेलिब्रेसनका क्रममा दोस्रो पहेँलो कार्ड (रातो) पाउँदै मैदान छाड्न बाध्य भएका थिए । 

उनले त्यसअघि पहिलो हाफको अतिरिक्त तेस्रो मिनेटमा पनि पहेँलो कार्ड पाइसकेका थिए । १ गोलले पछि परेको जोर्डनका लागि दोस्रो हाफको अतिरिक्त पाँचौं मिनेटमा याजन अबो अलअरबले गोल गर्दै खेल बराबरी गरेका थिए । 

लगत्तै हम्जा अली खालिद अल दर्दौर रातो कार्ड पाउँदै मैदान छाडेपछि जोर्डन पनि १० खेलाडीमा झरेको थियो । लगत्तै नाइजर महमुदले गोल गरेपछि नाटकीयरूपमा जोर्डन इराकलाई स्तब्ध बनाउँदै अन्तिम ८ मा प्रवेश गर्न सफल भयो ।






  • प्रकाशित मिति : माघ १६, २०८० मंगलबार ७:१३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया