आइभरीकोस्ट र काबो भर्डे अफ्रिका कपको क्वाटरफाइनलमा, बाहिरियो मानेको सेनेगल

अफ्रिका कप अफ नेसन्समा आइभरी कोस्ट र काबो भर्डेले अन्तिम ८ मा स्थान पक्का गरेका छन् । आइभरी कोस्टले सेनेगललाई पेनाल्टी सुटआउटमा पराजित गर्दा कार्बो भर्डेल मौरिटेनियालाई १–० गोल अन्तरले स्तब्ध बनाएको थियो ।

सोमबार राति भएको खेलमा कार्बो भर्डेले पेनाल्टीमार्फत अन्तिम समयमा गोल गर्दै क्वाटरफाइनलमा स्थान पक्का गर्न सफल भयो । ८८ औं मिनेटमा रेयन मेन्डेसले गोल गर्दै कार्बो भर्डेलाई क्वाटरफाइनलमा प्रवेश गराए ।

यस्तै, अर्को खेलमा पेनाल्टी सूटआउटमा स्तब्ध बन्दा सेनेगल प्रतियोगिताबाट बाहिर भएको छ । निर्धारित र अतिरिक्त गरेर एक एक गोलको बराबरीमा खेल सकिएपछि पेनाल्टी सुटआउटमा आइभरीकोस्ट ५–४ गोल अन्तरले विजयी हुँदै अन्तिम ८ मा प्रवेश गर्न सफल भयो ।

निर्धारित समयमा भने  सुरुआतमै सेनेगलले अग्रता लिएको थियो । चौथो मिनेटमा साडियो मानेको पासमा मुहम्मद हबिब डिलाहले गोल गरेका थिए । ८६ औं मिनेटमा भारले चेक गर्दै आइभरी कोस्टले पेनाल्टी पाउनु नै खेलको टर्निङ प्वाइन्ट बन्यो । 

आइभरकी कोस्टका फ्रान्क यानिक केसीइले पेनाल्टीमा सहजै गोल गर्दै खेल एक एकको बराबरीमा ल्याए । त्यसपछि अतिरिक्त ३० मिनेटको समयमा पनि गोल नभएपछि पेनाल्टीबाट नतिजा निकालिएको हो । ५–४ गोल अन्तरले आइभरी कोस्ट विजयी हुँदा सेनेगलका मौसा नियाखतको प्रहार मिस भएको थियो ।






  • प्रकाशित मिति : माघ १६, २०८० मंगलबार ८:३०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया