साउदीमा अल हिलालसँग ४–३ ले हार्‍यो मेस्सीको मियामी

क्लब मैत्रीपूर्ण खेलमा साउदी अरेबियाको अल हिलालले लियोल मेस्सी नेतृत्वको अमेरिकाको इन्टर मियामीविरुद्ध ४–३ को रोमाञ्चक जित निकालेको छ ।

साउदी अरेबियाको किंगडम एरिनामा भएको खेलमा अल हिलालको जितमा अलेक्सजेन्डर मित्रोभिच, अब्दुल्ला अल हमदम, माइकल र माल्कोमले गोल गरे । इन्टर मियामीका लागि लुइस स्वारेज, लियोनल मेसी र डेविड रुइजले गोल गरे ।

खेलको १०औं मिनेटमा मित्रोभिचको गोलममार्फत अल हिलालले अग्रता लिएको थियो । तीन मिनेटपछि नै हमदमले टोलीको अग्रता दोब्बर बनाए ।

स्वारेजले ३४ औँ मिनेटमा गोल गर्दा खेल २–१ को स्थितमा आयो । इन्टर मियामीका लागि स्वरेजको यो पहिलो खेल तथा गोल हो । माइकलले ४४ औँ मिनेटमा गोल गर्दा अल हिलालले ३–१ को अग्रता पायो । 

दोस्रो हाफमा एक मिनेटभित्र दुई गोल गर्दै मियामी खेलमा फर्किएको थियो । ५४ औँ मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३–२ को अवस्थामा पुर्याए । 



एक मिनेटपछि रुइजले मियामीलाई ३–३ को बराबरीमा ल्याए । यद्यपि निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा माल्कोमले गोल गरेपछि अल हिलालले ४–३ ले खेल जित्यो । 




  • प्रकाशित मिति : माघ १६, २०८० मंगलबार ७:२९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया