भुसाल थप तीन महिना त्रिविको निमित्त उपकुलपति

सरकारले त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसाललाई थप तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएको छ । यसअघि तीन महिनाका लागि निमित्त कुलपति बनेका भुसाललाई त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थप तीन महिनाका लागि उपकुलपतिमा नियुक्त गरेका हुन् । 

तत्कालीन उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको कार्यकाल १६ कात्तिकमा सकिएपछि सरकारले १७ कात्तिकमा भुसाललाई तीन महिनाका लागि उपकुलपतिमा नियुक्त गरेको थियो । तीनमहिने कार्यकाल सकिन एक दिन मात्र बाँकी रहँदा उनलाई थप तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिइएको हो । 

सरकारले नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ । नयाँ उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका छन् । 

उपकुलपति छनोट तथा सिफारिसको लागि सरकारले सरकारले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको नेतृत्वमा समिति गठन गरेको थियो । समितिले अहिले आवेदनकर्ताहरूको मूल्यांकनको कार्य गरिरहेको छ । 





  • प्रकाशित मिति : माघ १६, २०८० मंगलबार २०:६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया