logo-img

प्रधानमन्त्री कपमा आज एपिएफ र कर्णाली तथा पुलिस र लुम्बिनी भिड्दै
नेपाल पुलिस कप्तान दीपेन्द्र सिंह ऐरी, तस्बिर : क्यान

काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा बुधबार नेपाल पुलिस र लुम्बिनी प्रदेश तथा एपिएफ र कर्णाली प्रदेश खेल्दैछन् ।

पुलिस र लुम्बिनी बीचको खेल मूलपानीस्थित क्रिकेट मैदानमा हुनेछ भने एपिएफ र कर्णाली कीर्तिपुरस्थित मैदानमा प्रतिस्पर्धा गर्दैछन् । 

दुवै खेल बिहान सवा ९ बजेबाट हुनेछन् । जारी प्रतियोगितामा एपिएफ क्लब ८ खेलबाट २० अंकसहित पाँचौँ स्थानमा रहेको छ भने कर्णाली प्रदेश ८ खेलबाट ६ अंकसहित सातौं स्थानमा रहेको छ ।



त्यस्तै, अहिलेसम्मका खेलमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । पुलिसले ७ खेलमा १४ अंक बटुलेको छ । लुम्बिनीले ८ खेलमा १ जित र ७ हार बेहोरेर २ अंकका साथ नवौँ स्थानमा रहेको छ ।  
 





  • प्रकाशित मिति : माघ १७, २०८० बुधबार ८:४९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया