logo-img

इरानसँग युद्ध चाहेका छैनौँ : अमेरिका
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन

अमेरिकाले राष्ट्रपति जो बाइडेन प्रशासनले इरान समर्थित मिलिसियाहरूलाई जिम्मेवार ठहराएको ड्रोन आक्रमणमा मध्यपूर्वमा तीन अमेरिकी सैनिक मारिएपछि संयुक्त राज्य अमेरिकाले इरानसँग युद्ध नगर्ने बताएको छ ।  

अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्मा रणनीतिक सञ्चारका लागि संयोजक जोन किर्बीले अमेरिकाले इरानसँग युद्ध नखोजेको बताए । उनले सैनिक मृत्यु प्रकरण निन्दनीय रहेको भन्दै अब पुनः गल्ती नगर्न आग्रह गरे । 

बाइडेनले संयुक्त राज्यले आक्रमणका जिम्मेवार व्यक्तिहरूलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । किर्बीको टिप्पणीपछि विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफूहरूले द्वन्द्वलाई फैलिनबाट रोक्न चाहेको बताए । आफूहरू द्वन्द्व फैलिनबाट रोक्न काम गरिरहेको बताए ।



सिरियासँगको सीमा नजिकै उत्तरपूर्वी जोर्डनमा तैनाथ अमेरिकी सेनालाई लक्षित गरी शनिबार राति भएको ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु हुनुका साथै अन्य ४० जनाभन्दा बढी घाइते भएको पेन्टागनका उपसचिव सबरीना सिंहले बताए ।

पेन्टागनले सोमबार मारिएका तीन सैनिकको पहिचान गरेको छ । ती सबै अमेरिकी सेनाको रिजर्भ इकाइका सदस्य थिए ।   





  • प्रकाशित मिति : माघ १७, २०८० बुधबार १२:१३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया