प्रिमियर लिगमा लिभरपुलले चेल्सीलाई ४-१ ले हरायो

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले सानदार जित दर्ता गरेको छ । बुधबार राति भएको खेलमा उसले चेल्सीविरुद्ध ४–१ गोल अन्तरको जित दर्ता गरेको हो ।

लिभरपुललाई जिताउन डिएगो जोटा, कोनोर ब्राडले, डोमोनिक र लुईस डियाजले एक/एक गोल गर्दा चेल्सीका लागि क्रिस्टोफर नुक्नुले एक गोल फर्काए ।

घरेलु मैदान एनफिल्डमा लिभरपुलले २३ औं मिनेटमा अग्रता लिएको थियो । डिएगो जोटाले कोनोर ब्राडलेको पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।

३९ औं मिनेटमा लुइस डियाजको पासमा कोनोरले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफमा २ गोल गरको लिभरपुलले दोस्रो हाफमा अरू २ गोल थप्दा १ गोल बेहोरेको थियो । ६५ औं मिनेटमा डामोनिकले गोल गरेपछि लिभरपुल ३–० ले अघि बढेको थियो । 

७१ औं मिनेटमा चेल्सीका क्रिष्टोफोर नुक्नुले कार्नीको पासमा गोल गर्दै अन्तर ३–१ मा झारेका थिए । तर, लुइस डियाजले ७९ औं मिनेटमा गोल गरेपछि लिभरपुल ४–१ को सानदार जित निकाल्न सफल भयो । 



जितसँगै लिभरपुलले शीर्ष स्थानमा फेरि ५ अंकको अग्रता बनाएको छ । लिभरपुलले २२ खेलमा ५१ अंक बनाउँदा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी २१ खेलबाट ४६ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।




  • प्रकाशित मिति : माघ १८, २०८० बिहीबार ८:५१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया