logo-img

ला लिगामा बार्सिलोना र मड्रिडको जित

ला लिगामा बार्सिलोना र एथ्लेटिको मड्रिड विजयी भएका छन् । बुधबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई १–० गोल अन्तले पराजित गर्दा एथ्लेटिकोले भालेकानोलाई २–१ गोल अन्तरले हरायो ।

बार्सिलोना र ओसासुनाबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६३ औं मिनेटमा भिटोर रोकेले जाओ क्यानसेलोको पासमा गोल गर्दै बार्सिलोनलाई अग्रता दिलाए ।

६७ औं मिनेटमा ओसासुनाका युनाइ ग्रासिया दोहोरो पहेँलो कार्ड (रातो) पाउँदै मैदान छाड्दा टिम भने १० खेलाडीमा समेटिएको थियो । ६३ औं मिनेटमा बार्सिलोनाले गरेको गोलले नै निर्णायक बन्दै स्पष्ट ३ अंक दिलाउन सफल भयो ।



बार्सिलोना २२ खेलबाट ४७ अंक जोड्दै तालिकाको चौथो स्थानमा रहेको छ । ओसासुना भने २६ अंकका साथ १२ औं स्थानमा छ । ला लिगाकै अर्को खेलमा एथ्लेटिको मड्रिडले रायो भालेकानोलाई २–१ गोल अन्तरले पराजित गर्न सफल भयो ।

रेनिल्डोले ३५ औं मिनेटमा गोल गर्दै एथ्लेटिको मड्रिडलाई अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा भालेकानोका लागि अल्भारो ग्रासियाले बराबरी गोल गर्दै खेलमा फर्काएका थिए । तर, ९० औं मिनेटमा मेफिस डिपेले एन्टोनी ग्रिजम्यानको पासमा गोल गर्दै एथ्लेटिको मड्रिडलाई जित दिलाए । 

जितपछि एथ्लेटिको मड्रिड ४७ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । रायो भालेकानो भने २४ अंकका साथ १३ औं स्थानमा छ । लालिगामा जिरोना ५५ अंकका साथ शीर्ष स्थानमा रहँदा रियल मड्रिड ५४ अंकका साथ दोस्रो स्थानमा छ ।
 






  • प्रकाशित मिति : माघ १८, २०८० बिहीबार ९:३०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया