logo-img

जापान र इरान एएफसी एसियन कपको क्वाटरफाइनलमा

जापान र इरानले एएफसी एसिया कपको क्वाटरफाइनलमा  स्थान पक्का गरेका छन् । बुधबार राति भएको खेलमा जापानले बहराइनलाई ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका हुन् । यस्तै, इरानले सिरियालाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा  स्थान पक्का गर्यो ।  

कतारमा जारी प्रतियोगिताअन्तर्गत जापानको जितमा रित्सु दोआन, टेकफुसा कुबो र आयास युएडाले एक/एक गोल गरेका थिए । बहराइनको एक गोल पनि उपहार थियो । जापानको जिओनी सुजुकीले आफ्नै पोस्टमा गोल गरेका थिए ।

यस्तै, अर्को खेलमा इरानले सिरियासँग एक/एक गोलको निर्धारित समय बराबरी खेलेको थियो । ३४ औं मिनेटमा मेहदी टेरामीले पेनाल्टीमा गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए । ६४ औं मिनेटमा ओमार खर्बिनले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे । 



दोस्रो हाफको अतिरिक्त समयमा इरानका टेरामी दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाड्दा १० खेलाडीमा समेटिएको थियो । तर, सिरियाले गोल थप्न नसक्दा खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको हो । जसमा इरानले पाँच गोल गर्दा सिरियाले ३ मात्र गरेको थियो । 

एसिया कपको क्वाटरफाइनलमा इरान र जापानले प्रतिस्पर्धा गर्ने छन् । बुधबार रातिको नतिजासँगै एएफसी कपको क्वाटरफाइनल समीकरण पनि पूरा भएको छ । शुक्रबार ताजकिस्तान र जोर्डन तथा अस्ट्रेलिया र दक्षिण कोरिया भिड्ने छन् । यसैगरी शनिबार इरान र जापान तथा कतार र उज्वेकिस्तान आमनेसामने हुनेछन् । 






  • प्रकाशित मिति : माघ १८, २०८० बिहीबार ८:३४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया