यू–१९ विश्वकप : भारतविरुद्ध नेपाललाई एकै ओभरमा दुई सफलता
फाइल तस्बिर

दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा भारतदेशविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ । नेपाललाई तेस्रो र दोस्रो सफलता आकाश चन्दको ओभरमा मिल्यो ।

उनले नेपाललाई तेस्रो सफलता दिलाउनेक्रममा १३औँ ओभरको अन्तिम बलमा ओपनर अर्शिन कुलकर्णीलाई १८ रनमा आउट गरे । आकाशको यही ओभरको पाँचौं बलमा ओभरमा प्रियांन्सु मोलिया १९ रनमा रनआउट भए । 

भारतले पहिलो विकेटको रूपमा ओपनर आदर्श सिंहलाई २१ रनमा गुमायो । उनलाई गुलशन झाले आउट गरे । नेपालले आज टस हारेर पहिला बलिङको निम्तो पाएको हो । 





  • प्रकाशित मिति : माघ १९, २०८० शुक्रबार १५:२१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया