भारतविरुद्ध दबाबमा नेपाली बलर, उदय–सचिनबीच शतकीय साझेदारी

दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा नेपालविरुद्ध भारतले उत्कृष्ट कमब्याक गरेको छ । ६२ रन बनाउँदा तीन विकेट गुमाएको भारतले चौथो विकेटका लागि शतकीय साझेदारी गरेको छ ।

अहिले क्रिजमा कप्तान उदय सहारण (४५) र सचिन दास (६४) रहेका छन् । भारतको चौथो विकेट लिन अहिले नेपाली बलर संघर्ष गरिरहेका छन् । टस जितेर ब्याटिङ रोजेको भारतले यो समाचार तयार पार्दासम्म ३३ ओभरमा तीन विकेटको क्षतिमा १७२ रन बनाएको छ । 

भारतदेशविरुद्ध नेपाललाई तेस्रो र दोस्रो सफलता आकाश चन्दको ओभरमा मिलेको थियो । उनले नेपाललाई तेस्रो सफलता दिलाउनेक्रममा १३औँ ओभरको अन्तिम बलमा ओपनर अर्शिन कुलकर्णीलाई १८ रनमा आउट गरे । आकाशको यही ओभरको पाँचौं बलमा ओभरमा प्रियांन्सु मोलिया १९ रनमा रनआउट भए । 

भारतले पहिलो विकेटको रूपमा ओपनर आदर्श सिंहलाई २१ रनमा गुमायो । उनलाई गुलशन झाले आउट गरे । नेपालले सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग ५ विकेटको हार बेहोरेको थियो । यता भारतले सुपर सिक्सको पहिलो खेलमा न्यूजिल्याण्डविरुद्ध २१४ रनको जित निकालेको थियो । 

नेपाल सेमिफाइनल दौडबाट बाहिरिसकेको छ । भारतले भने सेमिफाइनलको यात्रा लगभग सुरक्षित गरेको छ ।  





  • प्रकाशित मिति : माघ १९, २०८० शुक्रबार १६:९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया