साफ यू–१९ च्याम्पियनसिपमा बंगलादेशसँग नेपाल ३–१ ले पराजित

दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यू–१९ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल  आयोजक बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको छ ।

शुक्रबार ढाकास्थित मुस्ताफा कमल रंगशालामा पहिलो हाफमा दुई गोलले पछाडि परेको नेपालले दोस्रो हाफमा एक गोल मात्र गर्न सक्यो । नेपालका लागि सुप्रिया मियाले मात्र एक गोल गर्न सकिन् ।

बंगलादेशको जितमा एमएसटी सागोरिकाले दुई र मुन्की अख्तरले एक गोल गरिन् । यो हारपछि नेपाल महत्वपूर्ण तीन अंक जोड्न चुक्यो ।

नेपालले अब आफ्नो दोस्रो खेलमा आइतबार भुटानसँग खेल्नेछ । भुटानले पनि शुक्रबार उद्घाटन खेलमा भारतविरुद्ध १०–० को फराकिलो होर बेहोर्‍यो । 

यसपटक प्रतियोगितामा बंगलादेश, नेपाल, भारत र भुटानको सहभागिता छ ।  





  • प्रकाशित मिति : माघ १९, २०८० शुक्रबार २१:३७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया