प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिस क्लबलाई

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल मा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्यो । 

उपाधि जितेको पुलिसले १० लाख प्राप्त गर्यो भने उपविजेता आर्मीले पाँच लाख प्राप्त गर्यो ।

आर्मीले दिएको एक सय ८२ रनको सामान्य लक्ष्य पुलिसले ३५ दशमलव पाँच ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो । पुलिसका लागि शंकर रानाले ४३ बलमा पाँच चौका र छ छक्काको मद्दतमा ६२ रन बनाए । 

यस्तै आरिफ शेखले २७,  अमित श्रेष्ठले २८ र कुशल भुर्तेलले १४ रन बनाए ।

आर्मीका लागि जितेन्द्र मुखिया, कुशल मल्ल, सहाब आलम र बसिर अहमदले समान एकरएक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनाएको थियो । 



उसका लागि विवेक यादवले ८१ बलमा सात चौका र एक छक्काको मद्दतले ६३ रन बनाए । यसैगरी सोमपाल कामीले ३९, इमरान शेखले २८, कुशल मल्लले १७ तथा जितेन्द्र मुखियाले अविजित १६ रन बनाए ।

पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले समान तीन–तीन विकेट लिए भने सागर ढकाल, कुशल भुर्तेल र करण केसीले समान एक–एक विकेट लिए ।



  • प्रकाशित मिति : माघ २०, २०८० शनिबार १७:४७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया