logo-img

कतार र इरान एसियन कपको सेमिफाइनलमा

साबिक विजेता तथा एएफसी एसियन कप फुटबलको आयोजक कतार प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । शनिबार राति भएको खेलमा गोलरक्षक मिशाल बार्शामले पेनाल्टी सुटआउटमा ३ वटा बचाउ गरेपछि उज्वेकिस्तानलाई ३–२ ले हराउँदै कतार अन्तिम चारमा पुगेको हो ।

खेलको पहिला हाफको २७ औँ मिनेटमा कतारका लागि युसुपोभले गोल गरेका थिए । उज्वेकिस्तानका हाम्रोबेकोभले ५९ औँ मिनेटमा बराबरी गोल फर्काएका थिए । थप गरिएको समयमा समेत बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । कतारले अब फाइनल पुग्न इरानसँग खेल्नेछ ।

त्यस्तै, शनिबार नै इरानले जापानलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।  खेलको २८ औँ मिनेटमा जापानका मोरिताले गोल गरेका थिए । दोस्रो हाफको ५५ औँ इरानका मोहेबीले बराबरी गोल फर्काए । अतिरिक्त समयमा इरानका जहानबक्सले थप एक गोल गर्दै टिमलाई जित दिलाए ।



यसअघि दक्षिण कोरिया र जोर्डन सेमिफाइनल पुगिसकेका छन् ।  





  • प्रकाशित मिति : माघ २१, २०८० आइतबार ९:४९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया