logo-img

कार्यकर्ताबीच कुटाकुट भएपछि एमाले धादिङको अधिवेशन स्थगित

बन्दसत्रमा कार्यकर्ताबीच कुटाकुट भएपछि नेकपा एमालेको धादिङ जिल्ला अधिवेशन स्थगित भएको छ ।

शुक्रबारदेखि सुरु भएको अधिवेशनमा जिल्ला कमिटीबाट मनोनीत नामका विषयमा शनिबार बन्दसत्रमा विवाद भई कुटाकुट भएपछि अधिवेशन स्थगित भएको बागमती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेलले जानकारी दिए ।  

आइतबार विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित भएको ढुंगेलले जानकारी दिए । बन्दसत्रमा कुटाकुट हुँदा एमाले कार्यकर्ता सन्तोष खनालको हात भाचिएको छ ।

‘माघ २० गते बन्दसत्रको सुरुवातबाटै अघिल्लो दिनभन्दा बढी असहज, आक्रामक र आतंकित परिस्थिति देखापर्‍यो । यही क्रममा भिडन्त भई पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँच्चिएको छ,’ विज्ञप्तिमा उल्लेख छ  । 





  • प्रकाशित मिति : माघ २१, २०८० आइतबार १२:३३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया