आर्सनलसँग ३–१ ले हार्‍यो लिग लिडर लिभरपुल

इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल दोस्रो स्थानको आर्सनलसँग पराजित भएको छ । ऊ आइतबार राति भएको खेलमा आर्सनलसँग ३–१ गोल अन्तरले पराजित भएको हो । 

जितसँगै लिग तालिकामा दोस्रो स्थानमा रहेको आर्सनलले लिभरपुलसँगको दूरी दुई अंकमा झारेको छ । आर्सनलका लागि पहिलो गोल बुकायो साकाले गोल गरे । उनले खेलको १४ औँ मिनेटमै आर्सनललाई अग्रता दिलाए । 

पहिलो हाफको इन्जुरी समयमा ग्याबरियल मगलहायसले लिभरपुलका लागि बराबरी गोल गरे । दोस्रो हाफमा आर्सनलका लागि ग्याबरियल मार्टिनेल्ली र ट्रोसर्डले १–१ गोल गरे ।

८८ औँ मिनेटमा इब्राहिमा कोनाटेले दोस्रो पहेँलो कार्ड पाएसँगै लिभरपुल १० खेलाडीमा सीमित बनेको थियो । २३ खेलपछि आर्सनलले ४९ अंक बटुलेको छ । लिभरपुलको समान खेलमा ५१ अंक छ ।  
 
 





  • प्रकाशित मिति : माघ २२, २०८० साेमबार ८:२९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया