र्यापर र अभियन्ता किलर माइकले आइतबार राति सम्पन्न ६६ औँ संस्करणको ग्रामी अवार्ड २०२४ मा तीन अवार्ड जिते । जसमा उनले २० वर्षमा पहिलो पुरस्कार पनि पाए ।
अवार्ड जितेको केही समयपछि किलरलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । उनका प्रवक्ताले पक्राउ परेको पुष्टि गरेका छन् । लगातार तीन अवार्ड जितेपछि किलरलाई क्रिप्टो डटकम एरिनामा लसएन्जल्स प्रहरीले पक्राउ गरेका थिए ।
प्रहरीले यो मामलामा केही बोलेको छैन । प्रहरीले एक पुरुष पक्राउको जानकारी दिएको छ । तर, को पक्राउ परे भन्ने विषयमा आधिकारिक केही बताएको छैन । किलर निकटका अनुसार किलरलाई प्रहरीले एक दुष्कर्म मामलामा हिरासतमा लिएको हो ।
सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा प्रहरीले किलरलाई लसएन्जल्समा क्रिप्टो डटकम एरिनाबाट लगिरहेको देख्न सकिन्छ । साथै उनको हातलाई पछाडिपट्टि हतकडी लगाएर बाँधिएको छ ।
किलरले ग्रामी अवार्डमा र्याप प्रेजेन्टर, र्याप गीत र र्याप एल्बम विधामा गरी तीन अवार्ड जितेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।