तीन कविलाई व्यथित काव्य सम्मान

साहित्यिक पत्रकार संघले समकालीन कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीलाई सम्मान गरेको छ । आज नेपाल प्रज्ञा प्रतिष्ठान पूर्वकुलपति वरिष्ठ कवि बैरागी काँइलाले कवी मुकारुङलाई वर्ष २०७५, क्षेत्रीलाई वर्ष २०७७ र कार्कीलाई वर्ष २०७९ को व्यथित काव्य सम्मान प्रदान गरे । 

संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले सम्मान पाउनुहुने कविहरुको परिचय गराएका थिए । 

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि बैरागी काँइला, अध्यक्ष राधेश्याम लेकाली, कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीले मन्तव्य राखेका थिए । 





  • प्रकाशित मिति : माघ २२, २०८० साेमबार १४:४८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया