जीवन्त अभिनयको अर्को नाम साइँली
सोखले अभिनयमा आइन्, सीपले दर्शक रिझाइन्

नवलपरासीको गैँडाकोटकी मेनुका प्रधान अहिले नेपाली रंगमञ्च र फिल्म क्षेत्रमा आशालाग्दो नाम भएको छ । एक दिन एक रात, भिसा गर्ल, सुनगाभा र भिजिलान्तेलगायत फिल्ममा खेलेकी मेनुकाले मलामी, काफ्का एक अध्याय, पुलबाट हेर्दा, कन्फ्रेन्स अफ वर्थ, एञ्जल अफ द अमेरिकालगायत आधा दर्जन नाटकमा सशक्त अभिनय गरिसकेकी छन् । 

उनी फिल्मी दुनियामा ‘साइँली’ नामले परिचित छिन् । उनको अभिनय रहेको उक्त गीत सुन साइँलीले उनलाई यो उपनाम दिएको हो । उनको जीवन्त अभिनयका कारण उनी दर्शकमाझ चर्चित पनि छिन् । पाँच मिनेटकै भूमिका भए पनि चरित्रमाथिको न्यायमा उनी सधैँ गम्भीर रहन्छिन्, मिहिनेत गर्छिन् । हरेक सिनेमामा उनले अभिनयको राम्रो छाप छाड्ने गरेकी छन् ।

चार वर्षअघि राजधानी पस्दा फेसन डिजाइनर या आर्किटेक्ट मेनुकाको चाहना थियो भने अभिनय सोख मात्र । अहिले अभिनय नै करिअर बने पनि पूरै निर्भर हुने अवस्था नभएको उनको विश्लेषण छ । 

फेसन डिजाइनर बन्ने मनसुवाले काठमाडौं छिरेकी मेनुका एक्टर्स स्टुडियोमा प्रशिक्षण लिन पुगेपछि रंगमञ्चमा तानिएकी हुन् । 

दर्शकले उनलाई पहिलोपटक अत्यधिक रूचाएको भने सन् २०१५ को फिल्म ‘रेशम फिलिली’बाट हो। यसमा उनले एउटा सहरकी मध्यम वर्गीय युवतीको भूमिका निर्वाह गरेकी छिन्। फिल्मको ‘पारि त्यो डाँडामा’ गीत खुबै चर्चामा आयो।

मेनुका अभिनित फिल्म ‘गुराँस’ बुसान फेस्टिभलमा छनोट पनि भएको छ । उनी अभिनीत अर्को फिल्म  महानगरले देश-विदेशका थुप्रै फेस्टिभलमा सहभागी भई केही अवार्ड पनि जित्न सफल भएको छ । 
 





  • प्रकाशित मिति : माघ २२, २०८० साेमबार १७:०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया