logo-img

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
फाइल तस्बिर

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ सय तथा चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो । 

योसँगै मंगलबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, मंगलबार तेजाबी सुन १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबार छापावाल सुन १ लाख १८ हजार ५ सय रुपैयाँ तथा तेजाबी सुन १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार आज चाँदी तोलामा १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी तोलामा १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।





  • प्रकाशित मिति : माघ २३, २०८० मंगलबार १२:५९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया