संसदमा गणेश पराजुलीको प्रश्न- खेलाडीमाथि मजाक र उपेक्षा किन ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले खेलाडीलाई तोकिएको पुरस्कार रकम उपलब्ध गराउन नसक्नु लाजमर्दो विषय भएको बताएका छन् । प्रतिनिधि सभा बैठकमा बुधबार उनले खेलाडीलाई पुरस्कार राशि तत्काल हस्तान्तरण गर्न सरकारलाई आग्रह गरे । 

‘खेलाडीहरूमाथि यस्तो उपेक्षा र मजाक किन ? जनप्रतिनिधि र सरकारमा रहेको मन्त्री र सांसद कसैले पनि भत्ता र तलब नपाएको भन्ने छैन । तर, राज्यसँग पैसा छैन भनेर खेलाडीलाई पुरस्कार पनि उपलब्ध गराउन नसक्नु कतिसम्म लाजमर्दो विषय हो,’ पराजुलीले भने, ‘यस विषयमा प्रधानमन्त्री र खेलकुदमन्त्रीसँग खेलाडीको खातामा घोषणा गरिएको पुरस्कार राशि तत्काल हस्तान्तरण गर्न आग्रह गर्दछु ।’

प्रधानमन्त्रीको सक्रियतामा एक वर्षभन्दा अगाडि राष्ट्रिय क्रिकेट टोली र यू–१९ क्रिकेट टोलीका लागि पुरस्कार घोषणा गरिएको थियो ।        
 





  • प्रकाशित मिति : माघ २४, २०८० बुधबार १२:५५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया