logo-img

पाकिस्तानलाई एक विकेटले हराउँदै अष्ट्रेलिया फाइनलमा

दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकपअन्तर्गत बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानलाई एक विकेटले हराउँदै अष्ट्रेलिया विजयी भएको छ । 

अष्ट्रेलियाको जितसँगै फाइनलमा अष्ट्रेलिया र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । अष्ट्रेलियाले अब फाइनलमा उपाधिको लागि आइतबार भारतको सामना गर्नेछ ।

पाकिस्तानले दिएको एक सय ८० रनको लक्ष्य अष्ट्रेलियाले ४९.१ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाको जितमा ह्यारी डिक्सनले ५० रन बनाए । भने ओलीभर पिएक ४९ रनमा आउट भए। त्यस्तै, टोम क्याम्पबेलले २५ रन बनाए । पाकिस्तानका अलि राजाले ४ तथा अरफत मिन्साहले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान ४८.५ ओभरमा १७९ रन बनाएको थियो । पाकिस्तानका लागि अरफत मिन्हासले सर्वाधिक ५२ र आजन आवैस ५२ बनाए । अन्यको प्रदर्शन उल्लेखनीय रहेन् । अष्ट्रेलियाका ६ विकेट लिए ।





  • प्रकाशित मिति : माघ २५, २०८० बिहीबार २३:१२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया