ग्लोबल आइएमडीबीको ५० औँ नम्बरमा ‘१२ वी फेल’

भारतीय अभिनेता विक्रान्त मेसी मेधा शंकर स्टारर फिल्म ‘१२ वी फेल’ एकपटक पुनः चर्चामा छ । थिएटरमा सुपरहिट भएको यो फिल्मले ओटीटीमा दर्शकको उत्तिकै मन जितिरहेको छ । अब यो फिल्मले ग्लोबल आईएमडीबीको उत्कृष्ट २५० को सूचीमा आफूलाई सूचीतकृत गरेको छ  । यो फिल्म ५० औं नम्बरमा छ ।

यो सूचीमा ‘ओपेनहाइमर’, ‘स्पाइडरमेनः एक्रस द स्पाइडर वर्स’, ‘ग्लेडिएटर’, ‘द लायन किंग’, ‘टॉय स्टोरी’ जस्ता हलिउड फिल्म छन् । केवल २० करोडमा निर्माण भएको यो फिल्मले ६६ दशमलब ५५ करोड कमाई गरेर सुपरहिट साबित भएको थियो । फिल्मको कथा र कलाकारको अभिनयले जोकोही दर्शक प्रभावित भएका थिए । निर्देशकको निर्माण कम्पनीले सामाजिक सञ्जालमार्फत ‘१२ वी फेल’को सफलताको खुशी बाँडेका छन् ।

‘१२ वी फेल’ ती लाखौं विद्यार्थीको संघर्ष र मेहनतको कथा हो, जो यूपीएससीको परीक्षामा सारा सपना लिएर बस्छन् । यो फिल्मको कथा चम्बलमा बस्ने आइपीएस अफिसर मनोज शर्माको सत्यकथा हो, जो गाउँमा हुर्कन्छन्–बढ्छन्, र केही कारणले उनी १२ मा फेल हुन्छन् । 

अचानक उनको जीवनमा एक यस्तो ‘यूटर्न’ आउँछ, र उनी आइपीएस बन्ने सपना देख्छन् । यसपछि निकै लामो संघर्षपछि उनले यो सफलता पाउँछन् । 





  • प्रकाशित मिति : माघ २६, २०८० शुक्रबार १२:१९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया