logo-img

गोरखा पत्रकार समाजको प्रथम अधिवेशन सम्पन्न, वन्तको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन

गोरखा पत्रकार समाजको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार काठमाडौंमा सम्पन्न अधिवेशनले प्रदीपराज वन्तको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । 

समाज गोरखा घर भई काठमाडौंमा बसेर पत्रकारिता गरिरहेका पत्रकारहरूको साझा संस्था हो । यसअघि ०७६मा वन्तकै संयोजकत्वमा तदर्थ समिति गठन भएको थियो । 

आज भएको अधिवशनले सर्वसम्मत नेतृत्व चयन गरेको हो । समाजको उपाध्यक्ष देवराज गुरुङ, महिला उपाध्यक्षमा मञ्जिमा ढकाल, सचिवमा सोविता रिसाल, सहसचिवमा सन्तोष अधिकारी तथा कोषाध्यक्षमा अर्जुन पन्त निर्वाचित भएका छन् । 

नवनिर्वाचित कार्यसमिति सदस्यमा सुदीप कैनी, लीलाधर कोइराला, राधा रोकाहा, उत्सव विक तथा मोहसिन अलि मियाँ छन् । अधिवेशनले सर्वसम्मत रूपमा कार्यसमिति चयन गरेको निर्वाचन समितिका संयोजक रामजी दाहालले जानकारी दिए । 

नवनिर्वाचित कार्यसमितिको आजै बसेको बैठकले वरिष्ठ पत्रकार रामजी दाहाल, खिलाबहादुर भण्डारी तथा सुशील अर्याललाई पत्रकार समाजको सल्लाहकारमा नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

बैठकले गोर्खाली पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि गम्भीर रूपमा लाग्ने तथा गोरखाका सुन्दर पर्यटकीय क्षेत्रको उजागर गर्न मद्दत गर्ने निर्णयसमेत गरेको छ । 



कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वरिष्ठ पत्रकार दाहालले एकताबद्ध भएर काम गर्न सके संस्थाले गोरखाका पत्रकारका लागि धेरै योगदान पुर्याउन सक्ने धारणा राखे । यस्तै, उनले अबको समय खोज पत्रकारिताको भएको भन्दै अध्ययनशील बन्न सुझाव दिए । 

वरिष्ठ पत्रकार सुशील अर्यालले गोरखाली पत्रकारले गोरखाका ऐतिहासिक, सांस्कृतिक पहिचान स्थापित हुने खालका समाचार खोज्ने तथा लेख्नुपर्नेमा जोड दिए । गोरखाका अग्रज पत्रकार बद्री पोखरेल, भरत ढकाल, विवेक रेग्मी, अमृत दाहाललगायतले गोरखाको समग्र विकास र गोरखाका पत्रकारको क्षमता अभिवृद्धिमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 



नवनिर्वाचित अध्यक्ष वन्तले गोरखामा रहेका तथा काठमाडौंमा बसेर पत्रकारिता गरिरहेका सबै पत्रकारको क्षमता अभिवृद्धिमा आफूले सक्दो गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कुनै पनि दल तथा वैचारिक विचारधारमा विभाजित नभई गोरखा र गोरखाको पत्रकारिताको विकासका खातिर जुटेर लागिरहने वचन दिँदै एक भएर अघि बढ्न सबैलाई आह्वानसमेत गरे । 

गोरखा पत्रकार समाज २०७७ सालमा दर्ता भएर क्रियाशील रूपमा अघि बढिरहेको छ ।

  • प्रकाशित मिति : माघ २७, २०८० शनिबार २०:५९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया