logo-img

तोलामा पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य

साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ५ सय रुपैयाँले घटेर आज १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन पनि तोलामा ५ सय रुपैयाँले घटेको छ । 

आज तेजाबी सुन तोलामा १ लाख १७ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । यस्तै, आइतबार चाँदीको मूल्य शुक्रबारको तुलनामा स्थिर छ ।  चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 





  • प्रकाशित मिति : माघ २८, २०८० आइतबार ११:१९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया