सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेशसँग बयान

६० किलो सुन तस्करी प्रकरणको जाँचबुझ गर्न गठित आयोगले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसँग बयान लिएको छ।

सो प्रकरणमा संलग्न दावा छिरिङसँग दीपेशको कनेक्सन देखिएपछि पुनलाई आयोगले बयानका लागि सिंहदरबार बोलाएको हो।

सुन तस्करीको नेपालमा सेटिङ मिलाउने दावासँग दीपेशको कनेक्सन देखिएपछि त्यसबारे बुझ्न बोलाएको आयोगका एक सदस्यले बताए।

माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का महासचिव समेत रहेका पुनलाई यसअघि सिआइबीले भने प्रतिवादी बनाएको थिएन।

सुन आयोगले भने माओवादी उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग पनि बयान लिएको थियो।





  • प्रकाशित मिति : माघ २८, २०८० आइतबार २१:२६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया