अफ्रिका कप अफ नेसन्सको उपाधि आइभरी कोस्टले जित्यो

यो संस्करणको अफ्रिका कप अफ नेसन्सको उपाधि आयोजक आइभोरी कोस्टले जितेको छ ।​ गएराति सम्पन्न खेलमा नाइजेरियालाई २–१ ले हराउँदै आइभोरी कोस्टले उपाधि जितेको हो ।  

विलियम ट्रुस्ट इकोङले खेलको ३८ औँ मिनेटमा नाइजेरियालाई अग्रता दिलाएका थिए । तर, घरेलु टोलीले दोस्रो हाफको ६२ बराबरी गोल गर्‍यो । फ्रांक केसीले कर्नरबाट आएको बलललाई गोलमा परिणत गरेका थिए । 

८१ औँ मिनेटमा सबास्टियन हालेर पुनः एकपटक नायक बन्दै टोलीलाई जित दिलाए । आइभोरी कोस्टले यसअघि सन् १९९२ र २०१५ मा यो उपाधि जितेको थियो । 

उपाधिसँगै आइभोरी कोस्टले ७० लाख डलर प्राप्त गरेको छ । नाइजेरियाले ४० लाख डलरमा चित्त बुझाएको छ । 





  • प्रकाशित मिति : माघ २९, २०८० साेमबार ८:०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया