क्यानडाविरुद्ध नेपाल फिल्डिङमा, प्लेइङ–११ मा चार खेलाडी परिवर्तन
हेमन्त धामीको डेब्यू

क्यानडाविरुद्धको एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । यी दुई टोलीबीचको तेस्रो खेल पनि कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको हो । 

नेपालले प्लेइङ–११ मा आज चार खेलाडी परिवर्तन गरेको छ । नेपालले आज सोमपाल कामी, आसिफ शेख, रिजन ढकाल, सूर्य तामाङलाई विश्राम दिएर कुशल भुर्तेल, आरिफ शेख, ललितनारायण राजवंशी र हेमन्त धामीलाई मौका दिएको हो । जसमध्ये हेमन्तको यो डेब्यू खेल हो । 

सिरिज नेपालले एक खेल अगावै जितिसकेको छ । नेपालले पहिलो र दोस्रो खेल क्रमशः ७ रन तथा ४ विकेटले जितेको थियो । 

नेपाल आज तेस्रो खेलमा पनि जित हात पार्दै सिरिज ३–० ले ‘क्लिन स्विप’ गर्न चाहन्छ । यता पाहुना टोली क्यानडा भने अन्तिम खेलमा जित निकालेर नेपाल भ्रमणको सुखद अन्त्य गर्ने सोचमा छ ।     

नेपालको प्लेइङ–११ : अनिल शाह (विकेटकिपर), कुशल भुर्तेल, रोहितकुमार पौडेल (कप्तान), देव खनाल, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, आकाश चन्द, हेमन्त धामी र ललितनारायण राजवंशी ।





  • प्रकाशित मिति : माघ २९, २०८० साेमबार ९:८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया