नेपाल टेलिकमको आम्दानी घट्यो, प्रतिसेयर आम्दानी ४३.६८ रुपैयाँ
फाइल तस्बिर

गत वर्षको तुलनामा यस वर्ष नेपाल टेलिकमको आम्दानी घटेको छ । टेलिकमले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को दोस्रो त्रैमासिकको वित्तीय विवरणअनुसार गत वर्षको पहिलो ६ महिनाको तुलनामा यो वर्ष आम्दानी घटेको हो । 

टेलिकमले साउनदेखि पौष मसान्तसम्ममा २१ अर्ब ३० करोड ९३ लाख ७९ हजार रुपैयाँ आम्दानी गरेको छ । जबकि अघिल्लो वर्ष यही अवधिमा २२ अर्ब १० करोड ११ लाख ३७ हजार रुपैयाँ आम्दानी गरेको थियो । यस आधारमा गत वर्षभन्दा यो वर्ष ७९ करोड १७ लाख ५७ हजार रुपैयाँ कमी आएको हो । टेलिकमका अनुसार गतवर्षभन्दा यो वर्ष ३.५८ प्रतिशतले गिरावट आएको हो ।  

पछिल्लो त्रैमासमा टेलिकमले प्रति सेयर ४३.६८ रुपैयाँ आम्दानी गरेको छ । यो अवधिमा टेलिकमले १७ अर्ब २४ करोड ६७ लाख रुपैयाँ खर्च भएको जनाएको छ । 

जसका अनुसार टेलिकमलाई ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ मुनाफा भएको छ । टेलिकमले दुर्गममा सेवा विस्तार गर्नुपर्दा खर्च बढेको र सेवा शुल्क दरमा कटौती गर्नुपर्दा आम्दानी घटेको जनाएको छ ।   
 





  • प्रकाशित मिति : फागुन १, २०८० मंगलबार १०:५१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया