भाजपा नेतृ जया प्रदालाई पक्राउ गर्न अदालतको आदेश

बलिउड अभिनेत्री तथा राजनीतिकर्मी जया प्रदा यतिबेला कानुनी झमेलामा परेकी छन् । एमपी/एमएलए अदालतले प्रहरीलाई छुट्टै टोली बनाएर अभिनेत्री जयालाई पक्राउ गर्न आदेश दिएको छ । 

अभिनेत्री जया सातौंपटकसम्म पनि अदालतमा उपस्थित भएपछि अदालतले उनलाई पक्रन आदेश दिएको हो । अभिनयबाट राजनीतिमा आएकी जयाविरुद्ध आचारसंहिता उल्लंघनको मुद्दामा रामपुरमा रहेको एमपी/एमएलए अदालतले ६ वटा गैर जमानती वारेन्त जारी गरेको छ । सातौं पटक पनि अदालतमा जया उपस्थित नभएपछि अदालतले अभिनेत्रीलाई पक्राउ गरी अदालतमा पेश गर्न प्रहरीलाई आदेश दिएको हो ।

सन् २०१९ मा जया प्रदा भारतीय जनता पार्टी (भाजपा)को प्रतिनिधित्व गर्दै रामपुरबाट लोकसभाको उम्मेदवार थिइन् । त्यसताका जयाले र्‍यालीका क्रममा केही आचारसंहिता उल्लंघन गरेको आरोप छ । उनीविरुद्ध दुई कानुनी मुद्दा दर्ता भएका छन् । अदालतले जयालाई पटक–पटक अदालतमा उपस्थित हुन भनिरहेको छ । 

यद्यपि, उनले अदालतको आदेशलाई गम्भीररूपमा लिइनन् । जसकारण अदालतले कुनै विकल्पबिना नै जयामाथि पक्राउ वारेन्ट जारी गर्नुपर्यो । हालसम्म जया वा उनको टिमले कानुनी अपडेटका बारेमा कुनै पनि आधिकारिक विज्ञप्ति जारी गरेका छैनन् ।

जया सन् ७० देखि ८० को दशककी लोकप्रिय अभिनेत्री हुन् । फिल्म निर्माता कृष्णा राव र निलावानी छोरी जयाको वास्तविक नाम ललिता रानी राव हो । उनले १३ वर्षको उमेरमा तेलुगू फिल्मबाट अभिनयमा डेब्यू गरेकी थिइन् । जुन समया उनले १० रुपैंयाँ पारिश्रमिक बुझेकी थिइन् । उनले तेलुगू फिल्मपछि बलिउडमा पाइला चालिन् । एकसमय उनी बलिउडमा सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीमा पर्थिन् ।

जयाको व्यावसायिक करियर सफल भए पनि उनको व्यक्तिगत जीवन भने संघर्षपूर्ण नै थियो । उनले श्रीकान्त नाहटासँग विवाह गरिन्, जसको पहिले नै दुई सन्तान थिए ।



जयासँग विवाह गरेपछि पनि श्रीकान्तले पूर्वपत्नीबाट तेस्रो सन्तान जन्माएका थिए । त्यसपछि जयाले श्रीकान्तसँग अलग्गिने निर्णय लिइन् । उनले सन् १९९४ मा अभिनय छोड्दै राजनीतिमा जोडिने निर्णय लिइन् ।



  • प्रकाशित मिति : फागुन २, २०८० बुधबार ८:४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया