पुनम पाण्डे​ र साम बम्बेविरुद्ध १ सय करोडको मानहानि मुद्दा

केही समयअघि भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको सर्वाइकल क्यान्सरका कारण निधन भएको खबर सामाजिक सञ्जालमा भाइरल भएको थियो । 

यो समाचारले उनको बारेमा असन्तुलित उत्सुकता आम मानिसमा जगाएको थियो । पछि उनले आफू ज्यूँदो नै रहेको भनेर सामाजिक सञ्जालमा लेखिन् । उनको यो स्टन्टलाई सेलिब्रेटी तथा उनका निकटले ‘खराब स्वाद’कै उपमा दिए । 

पुनमको समर्थनमा केवल रामगोपाल बर्मा मात्र देखिए । बर्माले पुनमले कुनै प्रचार अभियानभन्दा पनि भारतीयलाई गुगल रोगबारे जानकारी गराएको दाबी गरेका थिए ।

अब भने पुनम र उनका पति साम बम्बेले अदालती मुद्दाको झमेला व्यहोर्नु पर्ने देखिएको छ । असिम रियाज र साना राइस खानका विरुद्ध यसअघि अदालतमा मुद्दा दर्ता गराएर चर्चामा आएका फैजन अन्सारीले पुनम र सामविरुद्ध १ सय करोडको मानहानी मुद्दा दर्ता गराएका छन् ।

फैजनले एकापसमा अलग्गिएका पुनम र सामले करोडौं क्यान्सरका बिरामी र उनीहरूका परिवारको भावनामा खेलबाड गरेको दाबी गरेका छन् । ‘पुनम र उनका पति, सामले क्यान्सर जस्तो गम्भीर रोगको खिल्ली उडाउँदै मृत्युको नाटक गरे । 

पुनमले व्यक्तिगत प्रचारका लागि यो नाटक रच्दै करोडौं भारतीय र सम्पूर्ण बलिउडको विश्वासलाई धोका दिइन्’, मुद्दामा भनिएको छ ।





  • प्रकाशित मिति : फागुन २, २०८० बुधबार ९:४३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया