एसिसी प्रिमियर कप : सेमिफाइनल प्रवेशका लागि कुवेतसँग भिड्दै नेपाल

मलेसियामा जारी एसिसी महिला प्रिमियर कप टी–२० आई प्रतियोगिताको क्वाटरफाइनलमा नेपालले आज कुवेतको सामना गर्दैछ । नेपाल र कुवेतबीचको खेल बिहान ११ः१५ देखि मलेसियाको बांगीमा सुरु हुनेछ ।  

जारी प्रतियोगितामा नेपाल अपराजित छ । समूह ‘डी’ विजेता नेपालले ग्रुप स्टेजमा हङकङ र भुटानलाई ८/८ विकेट तथा माल्दिभ्सलाई २ सय १४ रनले हराएको थियो । नेपाल क्वाटरफाइनलमा कुवेतविरुद्ध पनि सहज जित निकाल्न चाहन्छ । 

हालसम्म नेपाल र कुवेतले चार टी–२० आईमा एकअर्काको सामना गरेका छन् । जसमा नेपाल अपराजित छ । यी दुई टिमले पछिल्लोपटक गत वर्ष खेलेका थिए । २३ अगस्टमा भएको सो खेलमा नेपालले कुवेतलाई ३४ रनले हरायो । 

जारी प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । फाइनल पुग्ने दुई टोलीले एसिसी महिला एसिया कपमा छनोट हुनेछन् ।  

त्यस्तै, सेमिफाइनल पुग्ने चार टोली इमर्जिङ एसिया कपमा छनोट हुनेछन् ।   





  • प्रकाशित मिति : फागुन २, २०८० बुधबार ९:५३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया