logo-img

त्रिवि उपकुलपतिको सर्टलिस्टमा परेकाहरूको अन्तर्वार्ता आइतबार हुने

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको सर्टलिस्टमा परेकाहरूको अन्तर्वार्ता आइतबार हुने भएको छ । त्रिवि उपकुलपति सिफारिस समितिले आइतबार अन्तर्वार्ता हुने जनाएको हो । 

सर्टलिस्टमा परेका कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला र तीर्थराज खनियाँको अन्तर्वार्ता आइतबार बिहान साढे ८ बजेदेखि हुनेछ ।  

समितिको सूचना अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरवारमा अन्तर्वार्ता हुने भएको हो । 



दिउँसो १ बजेदेखि नारायणप्रसाद वेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापाको अन्तर्वार्ता हुने समितिले जनाएको छ ।

प्रस्तुतीकरणको र अन्तर्वार्ताको मूल्यांकनको आधारमा समितिले बढी अंक प्राप्त गर्ने तीनजनाको नाम उपकुलपतिका लागि कुलपतिसमक्ष पेस गर्नेछ ।





  • प्रकाशित मिति : फागुन ३, २०८० बिहीबार २१:५६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया