logo-img

मोटोपनले निम्त्याउन सक्छ यस्ता रोग

पछिल्लो समय मोटोपना विश्वभर समस्याको रूपमा देखिइरहेको छ । शारीरिक श्रम कम गर्नु, जंकफुडको अत्यधिक सेवन, मसालायुक्त खानाले मोटोपना बढिरहेको छ ।

जसका कारण गम्भीर खालका रोग पनि बढ्दैछ । चिकित्सकहरूका अनुसार मोटोपनाका कारण गम्भीर खालका रोग जस्तै: मधुमेह, उच्च रक्तचाप, मुटु रोग, मिर्गौला वा क्यान्सर रोग लाग्न सक्छ । यसका साथै बढी मोटोपनाले प्रजनन क्षमतालाई पनि प्रभावित पार्छ ।

हर्निया



हर्नियाको मुख्य कारण हो मोटोपना । मोटोपनाका कारण डायफ्राम कमजोर हुन्छ या उसको आकार बढ्छ, जसबाट तपाईँ हर्नियाको सिकार हुन्छ । तौल कम गर्दा यो खतराबाट बच्न सकिन्छ ।

मधुमेह

मोटोपनाका कारण तपाईँ मधुमेहको सिकार हुन सक्नुहुन्छ । जब तपाईँ खानामा ग्लुकोजको मात्रा बढी लिन थाल्नुहुन्छ । तपार्ई मोटोपनाको सिकार हुनुहुन्छ । यस कारण तपाईँलाई मधुमेह हुने खतरा बढ्छ ।



क्यान्सर

स्तन क्यान्सर, कम्मरको क्यान्सर र आँतको क्यान्सर सबैको कारण मोटोपना हो । विश्वभरमा हरेक वर्ष क्यान्सरको चार लाख ८१ हजार केस मोटोपनाका कारण नै हुन्छ । 



मुटु रोग

मोटोपनाका कारण मुटु रोगको खतरा दुई गुणा हुन्छ । तौल बढ्नाले मुटुले शरीरको बाँकी भागमा सही ढङ्गले रगत आपूर्ति गर्न सक्षम हुँदैन। जसबाट हृदयाघात हुने सम्भावना बढ्छ । 

जोर्नीको समस्या

मोटोपनाका कारण बढीभन्दा बढी मानिसहरू जोर्नी दुख्ने सिकार हुन्छन् । उनीहरूलाई उठ्दा या बस्दा असह्य पीडा हुन्छ । साथै अधिक दबाबका कारण जोर्नीमा भार पर्छ र कार्टिलेजको मात्रा कम हुँदा आर्थराइटिसको समस्या पनि हुन सक्छ ।

डिप्रेसन

मोटोपनाका कारण मानिस डिप्रेसनको सिकार पनि हुन्छ । मानिसमा नकारात्मक सोच हाबी हुन्छ । हर क्षण दुःखी हुन्छ । कहिलेकाहीँ त आत्महत्या गर्ने कोसिस पनि गर्न सक्छ । क्लिनिकल साइकोलोजी जर्नलमा प्रकाशित रिपोर्टका अनुसार मोटोपना र डिप्रेसनका एक सिक्काका दुई पाटा हुन् । यदि तपाईँ यी दुईमध्ये एक छ भने अर्को स्वतः तपाईँ कहाँ आउनेछ ।   

  • प्रकाशित मिति : फागुन ४, २०८० शुक्रबार ७:५६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया