सकियो फिल्म ‘लण्डन टु पेरिस’को छायाङ्कन

घनश्याम लामिछाने निर्देशित फिल्म ‘लन्डन टु पेरिस’ को छायाङ्कन पुरा भएको छ । कोरोना लगत्तै दोस्रो चरणको छायाङ्कन सकिएको फिल्म केही प्राविधिक कारणले २० प्रतिशत सुटिङ हुन बाँकी थियो । निर्देशक लामिछानेका अनुसार यति बेला मुम्बईमा फिल्मको धमाधम सम्पादनको काम भइरहेको छ । 

आफ्नो भागको छायाङ्कन पुरा गरेर अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र ‘डेब्यू’ अभिनेता निश्चल खड्का नेपाल फर्किइसकेका छन् । फिल्मको अन्तिम सम्पादन सकिएपछि रिलिज डेट घोषणा गर्ने निर्माण पक्षले जनाएका छ ।

फिल्मको पहिलो चरणमा खिचिएका दृश्यको डबिङ र कलरको काम पुरा भइसकेको छ भने मिक्सिङ र भीएफएक्सको काम अहिले खिचेको दृश्यहरूको डबिङ सकिए पछि हुनेछ । गरिमा शर्मा र कबीर खड्काको पनि मुख्य भूमिकामा अभिनय रहेको फिल्म ‘ट्राभल लभस्टोरी’ जनरामा आधारित छ । फिल्मको सम्पूर्ण छायाङ्कन बेलायतमा गरिएको छ । गरिमा पनि यही फिल्मबाट ‘डेब्यू’ गर्दै छिन् ।

एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्मको निर्मातामा अमित बस्नेत, अजितकुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल र सह–निर्मातामा अजित सिंह छन् ।





  • प्रकाशित मिति : फागुन ४, २०८० शुक्रबार १४:९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया