अफगानिस्तानमा सबै किसिमका आतंकवादी समूह प्रतिबन्धित

अफगानिस्तानको सरकारले देशमा कुनै पनि आतंकवादी समूहलाई गतिविधि गर्न अनुमति नदिने प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले उल्लेख गरेको छन् । 

‘म स्पष्ट रूपमा घोषणा गर्दछु– अफगानिस्तान सुरक्षित छ । यहाँ जिम्मेवार सरकार छ । सरकार अफगानिस्तानमा यस किसिमका कुनै पनि बाहिरी समूहलाई गतिविधि सञ्चालन गर्न वा अफगानिस्तानमा उपस्थित हुन अनुमति दिँदैन,’  स्थानीय टेलिभिजन च्यानल टोलो न्युजले मुजाहिदलाई उद्धृत गर्दै आइतबार यसबारे बताएको छ ।
 
युद्धग्रस्त अफगानिस्तानमा अलकायदा नेटवर्क र इस्लामिक स्टेट संगठनसहित २० वटाभन्दा बढी आतंकवादी समूहको उपस्थितिको रहेको बताइएका बेला उनको सो धारणा सार्वजनिक भएको हो ।  





  • प्रकाशित मिति : फागुन ६, २०८० आइतबार २३:१२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया