logo-img

इरानले बनायो दुईवटा युद्धपोत जहाज

इरानले देशको बढ्दो नौसैनिक क्षमतारू प्रदर्शन गर्दै सोमबार बन्दर अब्बासमा आयोजित समारोहमा स्वदेशमै निर्मित दुईवटा युद्धपोतहरू अनावरण गरेको छ । 

स्वर्गीय इरानी कमाण्डर कासिम सुलेमानीलाई सम्मान गर्दै ‘शाहिद बाकेरी’ र ‘शाहिद सय्यद शिराजी’ नामका जहाजहरू निर्माण गरेको हो । नौसेना कमाण्डर अलिरेजा ताङ्सिरीले  दिएको जनाकारी अनुसार ती जहाजहरू पूर्ण रूपमा इरानीहरूले डिजाइन गरेका  हुन् । जसको लम्बाइ ६७ मिटर छ भने स्टेल्थ टेक्नोलोजी र हतियारहरूले सुसज्जित छ ।

ती जहाजहरूमा घरेलु रूपमा उत्पादन गरिएको लामो दूरीको सय्यद र मध्यम दूरीको नवभाव एयर डिफेन्स मिसाइलहरू जडान गरिएका छन्। ट्याङ्सिरीले ५,५०० समुद्री माइल (९,५०० किमी) सम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ।



चारवटा इन्जिनहरूद्वारा सञ्चालित जहाज तीनवटा हल्का रकेट पोतहरू समेत बोक्न सक्ने क्षमताको रहेको बताइएको छ ।





  • प्रकाशित मिति : फागुन ७, २०८० साेमबार २३:१३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया