त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ८ सय ५५ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
एसएसपी कृष्णहरि शर्माका अनुसार अर्धठोस बनाएर ल्याइएको अवस्थामा सुनसहित भारतीय नागरिक शरिफ अहमद अब्दुल गफुरलाई पक्राउ गरिएको हो ।
सोमबार राति दुबईबाट आएका गफुरलाई शंका लागेर जाँच गर्दा सुन फेला परेको थियो । उनी फ्लाई दुबईको उडानमार्फत काठमाडौं आएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।