मनीषा कोइराला लेख्छिन्- ‘आफ्ना लागि समय दिइरहेकी छु’
फाइल तस्बिर

अभिनेत्री मनीषा कोइराला प्रायः सामाजिक सञ्जालमा आफ्ना फ्यानसँग कुराकानी गरिरहन्छिन् । उनले हालै मात्र फ्यानसँग सामाजिक सञ्जालको अन्तरक्रियामा आफू हाल ‘आफैंलाई समय दिइरहेको’ बताएकी छन् ।  

तीन दशक बढीको करियरपछि अभिनेत्री मनीषाले आफूले आफूलाई समय दिइरहेको बताएकी छन् । उनले इन्स्टाग्राम एकाउन्टमा कैयौं तस्बिर शेयर गर्दै आफ्नो अवस्थाबारे लेखेकी हुन् ।

‘धेरै मानिस मलाई तपाईं के गर्दै हुनुहुन्छ ? भनेर सोध्छन् । तर, कहिलेकाहीँ यस्तो लाग्छ कि ५३ वर्षको उमेरमा मलाई फ्यानहरूले अब धेरै बढी काम गर्न सकिँदैन भनेर सोधेजस्तो लाग्छ’, उनी लेख्छिन् ।

कोइरालाले आफूले जीवनमा फरक–फरक वस्तुका स्वाद चाखिरहेको उल्लेख गर्दै आफूलाई मन परेको कुरा आफूले गरिरहेको उल्लेख गरेकी छन् । ‘कहिले कहिले केही गर्दिन, आफ्ना कुकुर र बिरालोका साथ समय बिताउनुका अलावा किताब पढ्ने, संगीत सुन्ने र आध्यात्मिकतालाई समय दिएकी छु । जिमसँगै विश्व भ्रमणको पनि आनन्द लिन्छु’, उनले भनेकी छन् ।

३० वर्षको करियरमा सय फिल्ममा काम गरेपछि मनीषाले केही समय आफ्ना लागि पनि कमाएको अनुभव गर्न थालेकी छन् । क्यान्सरसँग युद्ध गरेकी उनले भगवानको कृपाले राम्रा मानिस आफ्नो वरपर रहेको बताएकी छन् । 

‘म उनीहरूको प्रेम र देखभालमा डुबेकी छु । मैले जीवनका अधिकांश समय एक व्यस्त सहरमा एक्लै बिताएकी छु’, मनीषाले लेखेकी छन् । 





  • प्रकाशित मिति : फागुन ९, २०८० बुधबार ८:३९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया