logo-img

नामिबियाविरुद्ध लड्खडायो नेपालको पारी : अनिलपछि देव पनि शून्यमै आउट
फाइल तस्बिर

आइसिसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटको रूपमा देव खनाललाई गुमायो । उनी आठौँ ओभरको अन्तिम बलमा शून्यमै आउट भए । 

देवलाई ज्याक ब्रासेलले विकेटकिपरबाट क्याच आउट गराए । नेपालले दोस्रो विकेटको रूपमा अनिल साहलाई गुमायो । उनी ६.४ ओभरमा बर्नार्ड स्कोल्ट्जको बलमा शून्यमै आउट भए । यही ओभरको दोस्रो बलमा कुशल भुर्तेल आउट भए । 



उनी ६.२ ओभरमा बर्नार्ड स्कोल्ट्जको बलमा एल्बीडब्लू आउट भएका हुन् । कुशलले आज १६ बलमा तीन चौकासहित १८ रन जोडे । कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गरिरहेको हो । 

नेपालले यो समाचार तयार पार्दासम्म ९ ओभरमा तीन विकेट गुमाएर ५६ रन बनाएको छ । नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले नामिबियाविरुद्ध गुलशन झालाई विश्राम दिएर करण केसीलाई मौका दिएको हो । 



जारी सिरिजमा नेपाल र नामिबिया दोस्रो जितको खोजीमा छन् । नेपाल श्रृंखलाको पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा भने नेपालले नेदरल्याण्ड्सविरुद्ध ९ विकेटको सानदार जित निकाल्यो ।

नामिबियाले भने पछिल्लो खेलमा नेदरल्याण्ड्ससँग ७ विकेटको हार बेहोरेको थियो । हालसम्म नेपाल र नामिबियाबीच पाँच खेलमा भेट भएको छ । जसमा दुवै टिमले दुई/दुई खेल जितेको रेकर्ड छ । नेपाल र नामिबियाबीचको एक खेल भने वर्षाका कारण रद्द भएको छ ।    



नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), अनिल साह, रोहितकुमार पौडेल (कप्तान), देव खनाल, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी र ललितनारायण राजवंशी ।

बेन्च : आरिफ शेख, पवन सर्राफ, सूर्य तामाङ र गुलशन झा । 

  • प्रकाशित मिति : फागुन ९, २०८० बुधबार १०:१०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया