logo-img

नामिबियाविरुद्ध नेपाललाई चौथो झड्का, आसिफ शेख ५८ रनमा आउट
तस्बिर : क्यान

आइसिसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ । नेपालले चौथो विकेटको रूपमा विकेटकिपर आसिफ शेखलाई गुमाएको हो ।

उनी १९.५ ओभरमा बर्नार्ड स्कोल्ट्जको बलमा एल्बीडब्लू आउट भए । आसिफले आज ६४ बलमा आठ चौका र एक छक्कासहित ५८ रनको पारी खेले । एकदिवसीयमा उनको यो १२औँ अर्धशतक हो । आसिफ ओडिआईमा १२ अर्धशतक बनाउने एक्लो नेपाली ब्याटर हुन् ।   

देव र अनिल डकआउट 

नामिबियाविवरुद्ध अनिल साह । देव खनाल शून्यमै आउट भए । देव आठौँ ओभरको अन्तिम बलमा तथा अनिल उनी ६.४ मा शून्यमै आउट भएका हुन् । देवलाई ज्याक ब्रासेलले विकेटकिपरबाट क्याच आउट गराए । अनिल बर्नार्ड स्कोल्ट्जको बलमा आउट भए । यही ओभरको दोस्रो बलमा कुशल भुर्तेल आउट भए । 



उनी ६.२ ओभरमा स्पिनर बर्नार्ड स्कोल्ट्जको बलमा एल्बीडब्लू आउट भएका हुन् । कुशलले आज १६ बलमा तीन चौकासहित १८ रन जोडे । उनी र अनिल दुवैलाई कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गरिरहेको हो । 

नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले नामिबियाविरुद्ध गुलशन झालाई विश्राम दिएर करण केसीलाई मौका दिएको हो । 



जारी सिरिजमा नेपाल र नामिबिया दोस्रो जितको खोजीमा छन् । नेपाल श्रृंखलाको पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा भने नेपालले नेदरल्याण्ड्सविरुद्ध ९ विकेटको सानदार जित निकाल्यो ।

नामिबियाले भने पछिल्लो खेलमा नेदरल्याण्ड्ससँग ७ विकेटको हार बेहोरेको थियो । हालसम्म नेपाल र नामिबियाबीच पाँच खेलमा भेट भएको छ । जसमा दुवै टिमले दुई/दुई खेल जितेको रेकर्ड छ । नेपाल र नामिबियाबीचको एक खेल भने वर्षाका कारण रद्द भएको छ ।    

नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), अनिल साह, रोहितकुमार पौडेल (कप्तान), देव खनाल, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी र ललितनारायण राजवंशी ।

बेन्च : आरिफ शेख, पवन सर्राफ, सूर्य तामाङ र गुलशन झा ।  

  • प्रकाशित मिति : फागुन ९, २०८० बुधबार १०:५४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया